Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

ज्योति विकास बैंकको मुनाफा २२ करोड २४ लाख रुपैयाँ

२०७५ बैशाख १० गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २२ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत अ ार्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४२ करोड ३९ लाख रुपैयाँ राखेको छ । निक्षेप १५ अर्ब ६ करोड २७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ८७ प्रतिशतले बढेर ५३ करोड छ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४३ दशमलव ८८ प्रतिशतले बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा पाँच करोड ९८ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १६ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८१ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव २७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव २३ दशमलव ०३ प्रतिशत रहेको छ ।