Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी विकास बैंकले आर्जन गर्यो ३४ करोड मुनाफा

२०७५ बैशाख १० गते

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड चार लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको  हो । गत  आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकीले २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ३० करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब २९ करोड ८३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० अर्ब ४३ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ अर्ब ३२ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ६७ प्रतिशतले बढेर ७० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव ८७ प्रतिशतले बढेर ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ३९ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

गण्डकी विकास बैंकको पुँजीकोष २१ दशमलव २२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३० गुणा रहेको छ ।