Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको ज्ञानेश्वरमा

२०७५ बैशाख १० गते

प्रभु बैंक लिमिटेडले काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबार (वैशाख १० गते) काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं.३०, ज्ञानेश्वरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्प बहादुर प्रधानले एक समारोहका विच समुद्घाटन गरे । 

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।