एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा शनिबार “सातौँ एनएमबि बैंक हेरिटेज वाक – २०१८” आयोजना गरेको छ । बैंकले राजधानी लगायत अन्य क्षेत्रीय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापी रुपमा “सातौँ एनएमबि बैंक हेरिटेज वाक – २०१८” मनाएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ । यस “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका थिए ।

