Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सानिमा बैंक पनि अर्बपति क्लबमा, एक अर्ब २० करोड मुनाफा आर्जन

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २० करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७ दशमलव ३३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले ९४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब २५ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३३ दशमलव ८७ प्रतिशतले वृद्धि गरी ७१ अर्ब ५३ करोड नौ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३२ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ६४ अर्ब ३२ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २५ दशमलव ६० प्रतिशतले बढेर दुई अर्ब सात करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८ दशमलव ८० प्रतिशतले बढेर एक अर्ब ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ७४ लाख ८० हजार रुपैयाँ मात्रै राइट ब्याक गरेको बैंकले प्रोभिजनमा १९ करोड ९० लाख ५२ हजार रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव १५ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव १७ प्रतिशत, प्रतिसेयर आम्दानी (वार्षिक) २० दशमलव २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशलमव सात गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ९९ प्रतिशत रहेको छ ।