बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तेस्रो त्रैमासमा आएर अर्वपति क्लबमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्सले ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ३७ करोड रुपैयाँ राखेको छ । बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष भने ५५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकन गरि ४७ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १७ प्रतिशतले बढेर एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३२ प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा ४० करोड ३२ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको बैंकले प्रोभिजनमा २४ करोड ५१ लाख ७६ हजार रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव २२ प्रतिशत रहेको छ ।

