Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको मुनाफा पौने ४३ करोड

२०७५ बैशाख ५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले २४ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको निक्षेपमा ६२ दशमलव ०४ प्रतिशतले वृद्धि गरी २४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ५५ प्रतिशतले वृद्धि गरी २१ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको संचालन मुनाफा २२.५३ प्रतिशतले बढेर ६५ करोड ७६ लाख ४०  हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी २०.७६ प्रतिशतको वृद्धिसँगै ८८ करोड २८ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा छ करोड ९९ लाख रुपैयाँ रहेको छ । 

बैंकको जोखिमयुक्त सम्पत्ति शून्य दशमलव २४ प्रतिशतले बढेर १५ दशमलव २१ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव नौ प्रतिशतले घटेर शून्य दशमलव एक प्रतिशत कायम भएको छ । बैंकको सिडी रेसियो ७९ दशमलब २१ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) १८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २४ दशमल ५१ प्रतिशत रहेको छ ।