April 13th, 2018

सानिमा बैंकले सुरु गर्यो ‘होम बैंकिङ्ग सेवा’ 

सानिमा बैंकले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा जेष्ठ नागकिलाई लक्षित गरि होम बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न सक्नेछन् । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो । 

यस अन्तरगत घरै बसेर बैंकिङ्ग सेवा लिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झटरहित सेवा लिन सक्नेछन् । यो सेवा विद्युतीय उपकरण (ट्याब)को प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमा नै पुगेर प्रदान गर्नेछन् । यो सुबिधा अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकले बचत र मुद्घतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । 

हाललाई यो सुविधा काठमाडौँ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ । 

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]