Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सिटिजन्स बैंकद्वारा कमल निम्न माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

२०७४ चैत्र २९ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री कमल निम्न माध्यमिक विद्यालयलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिएको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
  
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा दुई लाख ५० हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य एम बि खड्कालाई उमंग शर्माद्वारा हस्तान्तरण गरियो । विद्यालयका प्राचार्य एम बि खड्काले उक्त रकम शिक्षकहरुलाई तलब सुबिधा प्रदान गर्न उपयोग गर्ने जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशीलताको  विकास हुनु नितान्त आवश्यक रहेको बताए । उनले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उल्लेख गरे । गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द्व खेप्नु परेको उनको भनाई थियो । 

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए ।    

बैंकले आगमी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।