Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकद्वारा श्री कृष्ण प्रणामी मन्दिरलाई आर्थिक सहयोग

२०७४ चैत्र २८ गते

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिरौना, चितवनमा नव निर्मित श्री कृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ नगद एक लाख पाँच हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले संयुक्त रुपमा श्री कृष्ण प्रणामी मन्दिर, जिरौनाका संचालक समितिका अध्यक्ष श्याम बराल तथा संचालक समितिका पुर्व अध्यक्ष तिलक प्रसाद शर्मालाई हस्तान्तरण गरे ।

बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ एटिएमर ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।