Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

एनआईसी एशिया क्यापिटल निःशुल्क “लगानी सचेतना अभियान”मा सक्रिय

२०७४ चैत्र २८ गते

लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले “लगानी सचेतना अभियान“ संचालन गर्दै आएको छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउँदै आएको छ ।  

विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी एशिया क्यापिटलले निः शुल्क रुपमा सो अभियान संचालन गर्दै आएको हो ।

यो अभियान अन्तर्गत हालसम्म २० भन्दा बढि संस्थाहरुमा एनआईसी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । ईच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने बताइएको छ ।  

लगानीकर्तालाई सवल, सुचित तथा उपयुत्त निर्णय लिन एन आई सी एशिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ ।