Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा

२०७४ चैत्र २६ गते

एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको चैत्र २६ गते एक समारोहका बिच विधिवत समुद्घाटन गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा  उक्त शाखाको उद्घाटन गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताइन् ।

कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

एनआईसी एशिया बैंक १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५४ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।