Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लक्ष्मी केयर्सले सम्पन्न गर्यो १०औँ माउन्टेन बाइक र्याली 

२०७४ चैत्र २५ गते

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले १० औं वार्षिक लक्ष्मी केयर्स माउन्टेन बाइक र्याली सम्पन्न गरेको छ । समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको लक्ष्मी केयर्सले “गो ग्रिन” अभियान अन्तर्गत रही “उज्यालो अभियान”को एक हिस्साका रुपमा शनिवार उक्त र्याली सम्पन्न गरेको  हो । 

दुई सयभन्दा बढी साइकलयात्रीहरुको सहभागीता रहेको उक्त र्यालीले १३ किलोमिटरको दुरी तय गरेको थियो । सो कार्यक्रमको उद्घाटन माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टंगाल उड, टंगाल पुगेर सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधानएण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि रहेको थियो । उक्त स्थानमा व्याब्लेड क्य्रुउको साथ किड्स कर्नर, फेस पेन्टिङ्ग, बार्विक्यू स्टल लगायत थुप्रै मनोरञ्जनका साथ दिनभर विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिएको थियो । 

यो वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यसअघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल तथा च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमा उज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको थियो ।