प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका– २०, पुलचोकमा एक्सटेन्सन काउन्टरको विधिवत सुरुवात गरेको छ । मंगलबार (चैत्र २० गते) प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनको सभापतीत्वमा सम्पन्न एक कार्यक्रमका बीच फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जन तथा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्धारा संयुक्त रुपमा रिबन काटि तथा ताम्रपत्र अनावरण गरि उक्त एक्सटेन्सन काउन्टरको विधिवत रुपमा उद्घाटन गरियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संचालक मुकुन्दप्रसाद दाहालले स्वागत मन्तब्य राखे । सो अवसरमा ललितपुर जिल्लाबाट संविधान सभामा सदस्य रहनुभएका संविधान सदस्य पूर्व माननिय सांसद सिद्धिलाल महर्जन तथा चन्द्र महर्जन विशिष्ठ अतिथिको रुपमा उपस्थिति थिए । उक्त अवसरमा फाइनान्सका अध्यक्ष महर्जनले वित्तीय संस्थाको आवश्यकताका बरेमा तथा यस काउन्टर कार्यालयले यस क्षेत्रमा दिने वित्तीय सेवाका बारेमा जानकारी गराए ।
फाइनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा पाउनेछन् । फाइनान्सको हाल पाको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको छ भने काभ्रको बनेपा न.पा पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ । यसबाहेक, ललितपुरको महालक्ष्मीस्थानमा तथा भक्तपुरको थिमिमा समेत फाइनान्सका एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

