बैंकिङ् खबर डटकमको कानूनी सल्लाहकारमा अधिवक्ता पुरुषोत्तम अधिकारी नियुक्त भएका छन् । लामो समयदेखि कानूनी क्षेत्रमा रहँदै आएका यूवा अधिबक्ता अधिकारीलाई कानूनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको जनाइएको छ । कानून व्यवसायमा बिगत १३ बर्षदेखि कार्यरत अधिकारीसँग विगतमा कमर्सियल बैंकमा कानून व्यवसायीको रुपमा कार्य गरेको अनुभव समेत छ । अधिकारी बैंकिङ लयर्स सोसाइटीका संस्थापक अध्यक्ष समेत हुन् । मिडिया क्षेत्रमा पनि आबद्ध युवा कानून व्यवसायी अधिकारी काठमाडौं जिल्ला अदालत बार एसोसियसनको वर्तमान कार्यसमितिका सदस्य हुन् ।