Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा तीन कम्पनी थपिए

admin २०७४ चैत्र १६ गते
सेयर:

नेपाल क्लियरिङ हाउस लिमिटेडको विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा  तीन कम्पनी थपिएका छन् । बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले हाथवे फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा सम्बन्धि भिन्दा भिन्दै सम्झौता गरेको छ ।              

सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान तथा हाथवे फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे, सिटी एक्सप्रेस फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र जानकी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले  तीन वटै फाइनान्स कम्पनीहरुलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC प्रणाली  उपलब्ध गराउने छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणाली संचालनमा रहने बैंक÷वित्तीय संस्थाहरुको संख्या ८२ पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका ३,६८० शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।