Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा तीन वित्तीय संस्था थपिए

admin २०७४ चैत्र १४ गते
सेयर:

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) मा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ग्रीन डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, सिनर्जी फाइनान्स र जानकी फाइनान्स लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि भिन्दाभिन्दै सम्झौता गरेको छ ।

सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बैकुण्ठराज तिम्सीना, ललितपुर फाइनान्सका तर्फबाट प्रमुख  कार्यकारी अधिकृतसुरेन्द्र बहादुर न्हुच्छे प्रधान, सिनर्जी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनीतमणि उपाध्याय तथा जानकी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ती बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS)प्रणाली उपलब्ध गराउनेछ । यस प्रणालीमा हालसम्म कम्पनीले ७४ बैंक तथा वित्तीय संस्थाहरुसँग Direct Memberको रुपमा र अन्य ७ कम्पनीहरु Indirect/ Technical Memberको रुपमा सम्झौता गरि उक्त प्रणाली सञ्चालन गर्दै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।