Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लक्ष्मी बैंकको निक्षेपमा आकर्षक ब्याजदर

२०७४ चैत्र ७ गते

बैंकिङ खबर । लक्ष्मी बैंकले लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिटमा दिदै आएको ब्याजदरलाई बढाएर १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो ।

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम ५ सय रुपैयाँदेखि जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसके पछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्थावा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्प मध्ये एक विकल्पलाई छनौट गर्न सकिने छ ।