Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको दुई शाखा र पाँच शाखारहित बैंकिङ सेवा विस्तार

२०७४ चैत्र ६ गते

जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा थप दुई शाखा र पाँच शाखारहित बैकिङ्गबाट कारोबार सुरु गरेको छ । बैंकले बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट चैत्र ५ गते देखि शाखा संचालनमा ल्याएको छ । त्यस्तै, कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ्ग सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।

यससँगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।