Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकद्धारा छात्रवृत्ति वितरण

२०७४ चैत्र ६ गते

सनराइज बैंक लिमिटेडले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित विभिन्न छ वटा विद्यालयहरुमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ । सञ्चालनको दश वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत मंगलबार (चैत्र ६ गते) उक्त छात्रवृत्ति प्रदान गरेको  हो । 

कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछ कुमार यादव, रविन कुमार नेपाल, सहायक महाप्रबन्धकसर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।