Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग प्रदान

२०७४ चैत्र ५ गते

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ नामक गैर सरकारी संस्थाको  हकुना माटाटा परियोजनालाई  रू एक लाखको  आर्थिक सहयोग गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।

एक कार्यक्रमबीच बैंकका  प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा रू एक लाखको चेक संस्थाका संचालक क्रिस्टिमा  कार्कीलाई  लाई हस्तान्तरण गरिएको छ । हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक क्रिस्टिमा कार्कीले जानकारी दिइन् ।