Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सनराइज बैंकका कर्मचारी र Street Children World Cup का प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न

२०७४ चैत्र ४ गते

सनराइज बैंकका कर्मचारी र Street Children World Cup, 2018 का प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको अठार वर्ष मुनिका फुटबल खेलाडीहरु बीच हुन लागेको सडक बालबालिकाहरुको क्तचभभत ऋजष्मिचभल ध्यचमि ऋगउ, द्दण्ज्ञड मा नेपाल २२ वटा देशहरु मध्य छनोटमा पर्न सफल भएको थियो । यिनै नेपालको प्रतिनिधि गर्ने “टिम नेपालका” प्रतियोगीहरुको हौसला बढाउन सनराइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल आयोजना गरेको हो । सातदोबाटो स्थित एन्फाको खेल मैदानमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भयो । कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादब, कर्मचारीहरु लगायत शेल्टर आश्रय नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यी सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउँदै आएको छ ।