Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

पोखरा फाइनान्स भैरहवा र बेसीशहरमा 

२०७४ फाल्गुन २९ गते

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमवार देखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो । निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।

चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ९४ करोड ७७ लाख तथा कर्जा लगानी रु. ३ अर्व ७० करोड १७ लाख पुर्याउनुको साथै जगेडा कोषमा रु. ४१ करोड ७३ लाख रहेको छ । उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।