May 12th, 2016

नेपाल टेलिकमको नाफा खुम्चिनुका ४ कारणहरु

ntcनेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनिको नाफा गत वर्षको तुलनामा १०.६५ प्रतिशतले खुम्चिएको हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनिले १० अर्ब ४२ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।
 

  • सो अवधिमा कम्पनीको खर्च २९.२९ प्रतिशतले बढ्दा आम्दानी ११.८२ प्रतिशतले मात्रै बढेका कारण नाफा प्रभावित भएको हो । कम्पनीले एक बर्षको अवधिमा  २० अर्ब ९७ करोड रुपैयाँ खर्च गरेको छ । आम्दानी भने ३४ अर्ब ३४ करोड रुपैयाँ मात्र गरेको छ ।
  • १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सरकारलाई कर तिर्न ३ अर्ब ९५ करोड रुपैयाँ छुट्याएको छ । आम्दानीमा सबै खर्च घटाएर सरकारलाई कर वापत रकम छुट्याएपछि नाफा नौं अर्ब ३१ करोड रुपैयाँ मात्रै बचेको छ । 
  • चुनौतीपूर्ण बन्दै गएको ब्यवसायिक वातावरणका साथै लोडसेडिङ र प्रतिस्पर्धा र सञ्चालन खर्च बढ्दा नाफा घटेको टेलिकमले जनाएको छ ।
  • कम्पनीले फागुनमा ७९६ कर्मचारीका लागि स्वेच्छिक अवकासमा ४ अर्ब २९ करोड ७६ लाख रुपैयाँ खर्च गर्दा कुल खर्च बढेपछि आम्दानी बढ्दा पनि धेरै नाफा हुन सकेन ।

 कम्पनीको प्रतिसेयर आम्दानी पनि ९२.६९ रुपैयाँबाट घटेर ८१.८१ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात आठ गुणा छ । कम्पनीको प्रति सेयर नेटवर्थ वढेर ५७६ रुपैयाँ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]