Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेथरीस्थित महालक्ष्मी विकास बैंकको एक्सटेन्सन काउन्टरको स्तरोन्नति

२०७४ फाल्गुन ९ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो बेथरी एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको छ । सुदुरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत बैंकिङ पहुँच विस्तार गरेको महालक्ष्मीले रुपन्देही जिल्लाको मायादेवि गाउँपालिका वडा नं. ६, बेथरीमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरी बुधबार (फागुन ९ गते)देखि कारोबार सुरु गरेको हो । 

विकास बैंकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

स्थानीय स्तरमा उत्कृष्ट सेवा कायम गर्दै सम्पूर्ण ग्राहकलाई थप सहजता पुर्याउने प्रतिवद्धता बैंकले जनाएको छ । 

Ad