May 10th, 2016

चार सय पाँच करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक लगानी योग्य पुँजी (तरलता) कम गर्न झण्डै पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ४०५ करोड ३४ लाख २५ हजार रुपैयाँको ट्रेजरी बिल आगामी जेठ ३ गते बिक्री गर्ने भएको हो । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि २ सय ७७ करोड र १ सय ८२ दिनेका लागि १ सय २८ करोड निर्धारण गरेको छ । एक महिना अवधिको यो ट्रेजरी बिल बोलकवोलबाट गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले गरेको बोलकबोलका आधारमा यसको ब्याजदर तय हुन्छ ।

सरकारले आन्तरिक रुपमा ऋण उठाउन ट्रेजरी बिलहरु राष्ट्र बैंकमार्फत जारी गर्छ । सरकारले जारी गरेका ट्रेजरी बिलमध्ये केही राष्ट्र बैंकले आफैसँग राख्छ । यस्तो ट्रेजरी बिल ब्याज दर तथा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक औजारका रुपमा प्रयोग गर्छ ।