Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अब घरमै पढ्नुहोस् विभिन्न तहका कोर्सहरु, वल्र्डलिंकले भित्र्यायो यस्तो अन्तर्राष्ट्रिय प्रविधि 

admin २०७४ माघ २२ गते
सेयर:

नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई–क्लास सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । वल्र्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको छ । यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले वल्र्डलिंकमा दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा परम्परागत रुपमा हुँदै आएको पठनपाठन प्रणालीमा सुधार गरी विद्यार्थीहरुलाई आधुनिकतातिर अग्रसर गर्ने उद्देश्यसाथ सञ्चालनमा ल्याएको हो । यो सेवामा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसि–बसि भिडियो र अडियोको माध्यमबाट रमाइलो गर्दै पढाईमा ध्यान केन्द्रित गर्न सक्छन् । 

यो सेवामा विद्यालय स्तरका विद्यार्थीहरुको इन्टरनेट प्रतिको बढ्दो आकर्षण सँगै उज्वल भविष्यका लागि इन्टरनेटको माध्यमबाट पठनपाठन गर्न सकिने हुँदा उनीहरुको समय र शैक्षिक गुणस्तर अभिवृद्दि हुँदै राष्ट्रको शैक्षिक स्तर अभिवृद्दि हुने अपेक्षा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।