बैंकिङ खबर । सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ८८ प्रतिशत कम नाफा कमाएको हो । गत आथिर्गक वर्षको दोस्रो त्रैमासमा सिन्धुले एक करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
४१ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा आठ करोड ७२ लाख रुपैयाँ राखेकोे छ । बैंकले निक्षेपमा एक अर्ब ७२ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा एक अर्ब ४१ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी दुई दशमलव १७ प्रतिशतले घटेर चार करोड ५२ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८ दशमलव ०९ प्रतिशतले घटेर एक करोड ३४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा ३८ लाख ८३ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३१ लाख ६२ हजार रुपैयाँ राखेको छ ।
पुस मसान्तमा सिन्धु विकास बैंकको खराबकर्जा ०.७८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २८.७६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक पाँच दशमलव २९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २० दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ९९ गुणा, तरलता अनुपात ४२ दशमलव ८३ प्रतिशत रहेको छ ।