May 10th, 2016

डरलाग्दो गरी बढ्यो साइबर क्राइम : बंगलादेशबाट ७ करोड डलर गायब

dollorदक्षिण एसियाली देशहरूविरूद्ध गरिएको साइबर आक्रमणका क्रममा बंगलादेशबाट करिब ७ करोड अमेरिकी डलर चोरेको हुन सक्ने देखिएको छ । न्यूयोर्कस्थित अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बंगलादेशको खाताबाट सो रकम चोरिएको बंगलादेशका वित्तमन्त्री अबुल माल अब्दुल मुहिथले बताए । ह्याकरहरूले गरेको त्यो जटिल चोरीबाट फाइदा लिने व्यक्तिको पहिचान गर्नु साह्रै गाह्रो काम भएको जानकारहरु बताउँछन् । चोरिएको ठूलो रकम क्यासिनो र क्यासिनोको खातामा गएको पाइएको छ । फिलिपिन्सले सम्भवतः गत फेब्रुअरीमा बंगलादेशमा ह्याकरले आक्रमण गरी चोरेकोे ८ करोड १० लाख अमेरिकी डलरमध्येबाट १ करोड अमेरिकी डलरजति फर्काउने सक्नेछ । बाँकी रकम पत्ता लगाउनु साह्रै कठिन काम भएको बताइएको छ । फिलिपिन्सले यो साइबर आक्रमणबाट लुटिएको घटनाबारे अनुसन्धान गरिरहेको छ । मुहिथले बंगलादेशले यो घटनामा संलग्न बंगलादेशीहरूका बारेमा छानबिन सञ्चालन गरिरहेको जनाए । 

कमजोरी : फेडरल रिजर्भको
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले अधिकांश रकम स्थानान्तरण रोकेको थियो । करिब ८ करोड १० अमेरिकी डलर बराबरको स्थानान्तरण फिलिपिन्समा हुन पुग्यो । अर्को २ करोड अमेरिकी डलर श्रीलंकाको बैंकमा पठाइएको थियो । त्यो रकम फिर्ता गरियो । मुहिथले न्युयोर्क फेडरल रिजर्भले रकम स्थानान्तरण प्रक्रियाबारे त्यस क्रममा पटक–पटक आलोचना गरेका थिए । फेडरल रिजर्भले रकम स्थानान्तरणसम्बन्धी ४ वटा कारोबारलाई बिनापुष्टि अनुमति दिएको उनले जनाए । त्यसैले यो ठगीका लागि फेडरल रिजर्भका कर्मचारीहरू जिम्मेवार रहेको उनले प्रष्ट पारे । फेडरल रिजर्भको क्रियाकलापमा सुरक्षासम्बन्धी कमजोरी रहेको र त्यसलाई माफ गर्न नसकिने उनको तर्क छ । गत महिना फेडरल रिर्जभले बंगलादेशको केन्द्रीय बैंकको खाताबाट भुक्तानी गर्नका लागि स्तरीय मापदण्ड अपनाई निर्देश गरिएको जनायो । वित्तीय प्रतिष्ठानहरूबाट प्रयोग गरिने छिटो सन्देशको माध्यमबाट ती रकम स्थानान्तरणकोे प्रमाणीकरण गरिएको फेडरल रिजर्भको दाबी छ ।

असाधारण अपराध
बंगलादेशका सुरक्षा प्रणालीहरू धेरै खतरनाक रहेको र परामर्शदाताहरूले सुरक्षासम्बन्धी क्षेत्रमा सुधार कार्य गरिरहेको वित्तमन्त्री मुहिथले जनाए । यो साइबर चोरीको अनुसन्धानसम्बन्धी विवरणात्मक प्रतिवेदन ६ सातामा पूरा हुनेछ । उनले यो अपराधलाई धरै असाधारण घटना भनी टिप्पणी गरेका छन् । विश्वभर हाल यस्तो साइबर आक्रमणको घटना स्मरणमा नभएको उनले जनाए । यो बंगलादेशका लागि धेरै ठूलो रकम हो, उनले भने । करिब १ अर्ब अमेरिकी डलरबराबरको यो चोरीले विश्वभरिका केन्द्रीय बैंकहरूलाई ह्याकरहरूबाट विदेशी सुरक्षण खाताका लागि व्यवस्था गरिएको सुरक्षा व्यवस्थाबारे पुनर्विचार गर्न बाध्य पारेको छ ।

बंगलादेशको विदेश सञ्चिति यो वर्ष एक रेकर्डका रूपमा उच्च भई २९ अर्ब अमेरिकी डलर पुग्यो । यसका लागि चिनियाँ मुद्रामा आएको कमजोरीले बंगलादेशको गार्मेन्ट उद्योगमा चाहिने कच्चापदार्थको लागतमा कमी आएको प्रमुख कारण हो अनि विश्वव्यापी मागमा आएको गिरावटका बाबजुद निर्यात बढी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]