बैंकिङ खबर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव १७ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मितेरीले पाँच करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
५० करोड रुपैयाँ चुक्ता पुँजीको बैंकले १२ करोड ८४ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा २७ दशमलव ७७ प्रतिशतले वृद्धि गरी तीन अर्ब चार करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा दुई अर्ब ६६ करोड पाँच लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १६ दशमलव ६२ प्रतिशतले घटेर सात करोड ४० लाख ६३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १९ प्रतिशतले घटेर छ करोड ५३ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ५२ लाख ६२ हजार रुपैयाँ राखेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ६८ रुपैयाँ, तरलता अनुपात ३२ दशमलव ११ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ०८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २० दशमलव ५८ प्रतिशत रहेको छ ।