बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड छ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको गत आर्थिक वर्षको तुलनामा मुनाफामा सामान्य मात्रै वृद्धि गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा देवःले १४ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले जगेडाकोषमा ६० करोड आठ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४८ दशमलव ९२ प्रतिशत वृद्धि गरी १३ अर्ब ५० करोड ९७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४७ दशमलव ९० प्रतिशतले वृद्धि गरी ११ अर्ब ८८ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकले खुद व्याज आम्दानी २०.९७ प्रतिशतले बढेर ३१ करोड ४८ लाख ८३ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा शुन्य दशमलव २२ प्रतिशतले बढेर २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड ७५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।
देव विकास बैकको खराब कर्जा २.५६ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५.५२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिकीकरण १७ दशमलव २३ रुपैयाँ, मुल्य आम्दानीको आम्दानी १० दशमलव २७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ७९ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २० प्रतिशत रहेको छ ।