बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ४९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले चार करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
६५ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सले जगेडाकोषमा ४१ करोड ७३ लाख रुपैयाँ राखेको छ । तीन अर्ब ९४ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले कर्जामा तीन अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १९ दशमलव ५६ प्रतिशतले घटेर सात करोड ४० लाख ६२ हजार रुपैयाँ कायम भएको छ भने संचालन मुनाफा १७ प्रतिशतले घटेर छ करोड २० लाख २० हजार रुपैयाँ कायम भएको छ ।
खराब कर्जा १.३२ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा ८२ लाख ३० हजार रुपैयाँ राखेको छ । पुस मसान्तमा पोखरा फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १२ दशमलव ३० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १४ दशलमव ३९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५९ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २३ दशमल ९५ प्रतिशत रहेको छ ।