Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले आर्जन गर्यो २६ करोड ४३ लाख नाफा

२०७४ माघ १० गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मुक्तिनाथले २२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जसले जगेडा कोषमा ६४ करोड १४ लाख रुपैयाँ राखेको छ । बैंकले २१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जामा ४७ प्रतिशतले वृद्धि गरी १९ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी र संचालन मुनाफा २१ प्रतिशतले बढेर क्रमशः ५५ करोड ४२ लाख र ४० करोड ४६ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुक्त सम्पति १५ दशमलव ८८ प्रतिशत र निष्कृय कर्जा शून्य दशमलव ०१ प्रतिशत रहेको बैंकले प्रोभिजनमा चार करोड २९ लाख रुपैयाँ राखेको छ । पुस मसान्तमा मुक्तिनाथ विकास बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २० दशमलव ४० रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) २० दशलमव ५९ गुणा, प्रतिसेयर नेटवर्थ १२४ दशमलव २५ रुपैयाँ र तरलता अनुपात २६ दशमल २२ प्रतिशत रहेको छ ।

Ad