बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लुम्बिनीले ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले एक अर्ब एक करोड चार लाख रुपैयाँ जगेडा कोषमा राखेकोे छ । बैंकको खुद व्याज आम्दानी ११ प्रतिशतले बढेर ३२ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७.१९ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
निक्षेपमा २४.६७ प्रतिशतले वृद्धि गरी १९ अर्ब १८ करोड ७१ लाख छ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ३०.५५ प्रतिशतले वृद्धि गरी १७ अर्ब २५ करोड ३९ लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ ।
निष्कृय कर्जा दुई दशमलव ५० प्रतिशत रहेको बैंकको पूँजीकोष अनुपात १६ दशमलव ७९ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५० दशमलव ३० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ६७ गुणा र तरलता अनुपात २४ दशमलव ५३ प्रतिशत रहेको छ ।