January 20th, 2018

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५३औं वार्षिकोत्सवको अवसर पारेर शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा. रबीन्द्रप्रसाद पाण्डे, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णुप्रसाद बैद्य, भुपेन्द्र पाण्डे, नायब महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित, लोक सेवा आयोगका उप सचिव सुर्यप्रसाद सापकोटा लगायत बैंकका कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्ड सहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालय स्थित सिंहदरबार प्लाजाबाट सुरु भई भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुंदै पुनः सिंहदरबार प्लाजामा आई समापन भएको थियो । कार्यक्रममा बैंक कर्मचारीहरु समेत गरी सयौंको संख्यामा उपस्थिति रहेको थियो । 

बैंकले आफ्नो ५३औं वार्षिकोत्सव रक्तदान, खेलकुद तथा विविध कार्यक्रम सहित सफलतापुर्वक मनाईरहेको छ ।