January 19th, 2018

सिटिजन्स बैंकद्धारा महोत्तरीमा कम्बल वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछि महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातीका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । 

दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु  जो न्यानो कपडाको अभावले जाडोमा, दुःख भोग्दै बसेकाहरुलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गौशाला र औरहीमा कम्बल वितरण गरेको हो ।  जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर, असक्त, असहाय, बिधवा, साधु, सन्त  ) हरुलाई कम्बल वितरण गरिएको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरिन् । 

उक्त हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशाला नगरपालिकामा वडा नं ५का प्रमुख धर्बेन्द्र साह, वडा नं ४ का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिका वडा नं १का प्रमुख राजकिशोर चौधरी र वडा नं २का प्रमुख बिनोद पजियारको उपस्थिति रहेको थियो ।

कसैको आँखा न पुगेको मुसहर बस्तीमा बैंकले कम्बलवितरण गर्दा  त्यहाँका स्थानीय बासिन्दाहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले जानकारी दिए ।