बैंकिङ खबर । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चनले दुई करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
४५ करोड चार लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १४ करोड १८ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जातर्फ ४० दशमलव ८६ प्रतिशत वृद्धि गरी दुई अर्ब ९२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको निक्षेप संकलन तीन अर्ब २६ करोड ४१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खुद व्याज आम्दानी छ दशमलव २६ प्रतिशतले बढेर आठ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ३४ प्रतिशतले बढेर चार करोड ७० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा छ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५४ लाख रुपैयाँ राखेको छ ।
कञ्चन डेभलवमेन्ट बैंकको जोखिमयुक्त सम्पति १७ दशमलव ३० प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ६६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव ८६ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात १५ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ दशमलव ५० रुपैयाँ र तरलता अनुपात १८ दशमल १५ प्रतिशत रहेको छ ।