जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.ब. २०७३/०७४ को मुनाफाबाट चुक्ता पँुजीको १४.४ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार, बैंकले एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर वितरण गरेपछि जनताको चुक्तापँुजी आठ अर्ब पुगेको छ । यससँगै जनता बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ ।
गत आ.ब. मा साविकका जनता बैंक नेपाल लि., त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएर बनेको यस जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । यस साधारणसभाबाट संस्थापकतर्फ केशवबहादुर रायमाझी, लंकबहादुर केसी र राम बहादुर भण्डारी तथा सर्वसाधारणतर्फबाट गौतम प्रसाद खनाल, विनित कुमार अग्रवाल र संजिव न्यौपाने संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।