बुम रेमिट्यान्स प्रा. लि. को आठौँ बार्षिक साधारणसभा सोल्टीमोड काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारणसभामा सेयरसदस्यहरुको उल्लेख्य उपस्थितिमा संस्थाको प्रगति विवरण र पञ्च बर्षिय योजनामा प्रकास पादै प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले संस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको जानकारी गराए । संस्थाकी अध्यक्षसृजना रायमाझीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलुक तथा हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, साउदी अरब, कोरीया, तथा अन्य मुलुकहरुबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । प्रबन्ध निर्देशक पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको पन्तले बताए । उनी “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विप्रेषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउँछन् ।