January 8th, 2018

प्रभु बैंकका दुई शाखाको स्थानान्तरण

प्रभु बैंक लिमिटेडले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वाड नं १, भिमकालीपाटन स्थित बगर शाखालाई साविकको स्थानबाट करिव १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका बिच स्थानन्तरण गरिएका वगर शाखाको समुद्घाटन गरेका हुन् । नवलपरासी जिल्ला, बर्दघाट न.पा. बाड नं ४ स्थित प्रभु बैंक लि. को बर्दघाट शाखा पनि साविकको स्थानवाट करिव ४०० मिटर पश्चिमतर्फ सिवालय मन्दिर अगाडी स्थानन्तरण गरिएको छ । 

ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पायक पर्ने ठाउमा शाखाहरु स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।