गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को प्रथम त्रैमासमा निक्षेप रु. १९ अर्ब ३४ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१६ अर्ब ५५ करोड पु¥याएको छ । वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना, आधुनिक बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई सकेको हुँदा बैंकको निकट भविश्यमा धनगढी, नेपालगञ्ज, घोराही, तानसेन, पोखराको रत्नचोक, चितवनको पर्सा, हेटौडा तथा नयाँ बानेश्वर काठमाडौंमा समेत नयाँ शाखा कार्यालय खोल्ने तयारी रहेको बैंकले बताएको छ । ।