January 2nd, 2018

पूर्णिमा विकास बैंकको मोबाइल बैंकिङ सेवाका ग्राहकले पाए उपहार

F1 Soft International ले पूर्णिमा विकास बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने तीन जनालाई उपहार प्रदान गरेको छ । बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाईं उत्प्रेरित गर्न कम्पनीले ममता गुरुङ्ग, निर्मला श्रेष्ठ र जितेन्द्र यादवलाई सामसुङ ग्यालेक्सी जे२ मोबाइल प्रदान गरेको हो । F1 Soft International का प्रतिनिधि कमल सापकोटा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले सोमबार एक कार्यक्रमका बीच उक्त उपहार हस्तान्तरण गरे ।

ग्राहकलाई प्रविधि मैत्री बनाउन तथा कागजी मुद्राको प्रयोगलाई निरुत्साहित गर्न आगामी दिनहरुमा पनि F1 Soft International को सहयोग पुर्णिमा विकास बैंकका ग्राहक सदस्यहरुलाई विभिन्न उपहारको व्यवस्था गर्ने F1 Soft International का कमल सापकोटाले जानकारी गराएका छन् । समय समयमा गरिने यस प्रकारका आयोजनहरुले ग्राहक वर्गमा विद्युतियकारोबार प्रति थप आकर्षण बढाउन मद्दत गर्ने बैंकका कार्यकारी अधिकृत प्रकाश गरुङ्गले जानकारी गराए ।