December 31st, 2017

सनराइज बैंकको लुभु शाखा स्थानान्तरण

सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं. ८ (साविकको स्थानबाट करिव ४५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओम कृष्ण जोशीले संयुक्त रुपमा लुभु शाखाको समुद्घाटन गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । 

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।