Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

दुई नम्बर प्रदेशमा सुबिसुको ‘फाइबर टु दि होम’, प्राधिकरणले दियो स्वीकृति

admin २०७४ पुष १३ गते
सेयर:

नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले देशमा संचालित टेलिकम अपरेटर्स तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेको छ । यसै सन्दर्भमा सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH(फाइबर टु दि होम) नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ । आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले नोकियासँग गुणस्तरीय प्रोडक्टको लागि हातेमालो गरेको छ ।

सुबिसुले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ । 

सुबिसु केबलनेट प्रा.लि.नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवा प्रदान गर्ने प्रदायक भएको हुँदा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवर्क विस्तार गरीरहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।