सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्याएको छ । पद्म कोलनी एटिएमको शुभारम्भ संचालक ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे भने बालाजु एटिएमको शुभारम्भ बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा रिबन काटेर गरे ।