सनराइज बैंक लिमिटेडले प्रदेश नं ४, कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मिति २०७४/०९/११ गते मंगलबारका दिन एक कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा गरे ।
हाल बैंकले नेपाल अधिराज्यभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।