प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । मंगलबारदेखि संचालित यस शाखासँगै बैंकको शाखा कार्यालय संख्या ५३ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको उद्घाटन गरे ।