आफ्नो शाखा संजाल बिस्तारको क्रममा सोमबार प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिका, घैरुङमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बैंकको कार्यालय संख्या ५२ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालय शहीद लखनको गोरखा घैरुङमा समुदघाटन गरे ।