बैंकिङ खबर । मिडिया इन्टरनेशनलद्धारा संचालित पाँच दिने बैंकिङ ट्रेनिङ शनिबार सम्पन्न भएको छ । पुस ४ गतेदेखि अनामनगरस्थित मिडिया इन्टरनेशनलको हलमा संचालित तालिममा नेपालको बैंकिङ प्रणाली, बीमा बजार, सेयर बजार, बैंकिङ प्रविधिको प्रयोग, उद्यमशीलता लगायतका विषयमा प्रशिक्षण दिइयो ।
तालिममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, विभिन्न बैंकर एवम् सेयर विश्लेषकहरुद्धारा प्रशिक्षण दिइएको थियो । तालिममा बैंकमा जागीर गर्न चाहने र स्वरोजगार बन्न चाहने युवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । तालिमको अन्त्यमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
तालिममा देखिएको युवाहरुको उपस्थितीले आफूलाई यस्ता थप कार्यक्रमहरुको आयोजना गर्न हौसला मिलेको मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए ।