Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब मजबुद बन्छ बैँकिङ प्रणाली, तालिम लिँदै वित्तीय संस्थाका कर्मचारीहरु (फोटोफिचरसहित)

२०७३ बैशाख २६ गते

DSCN5637प्रविष्टि परामर्श तथा सेवा प्रा.लिले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई बैकिङ क्षेत्रसम्बन्धि तालिम प्रदान गरिहेको छ । बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुमा विदेशी मुद्रा व्यवस्थापन सम्बन्धि ज्ञान नभएकाले बैंकिङ क्षेत्रमा समस्या देखिएको भन्दैै त्यसको समाधानको लागि संस्थाले यस्तो तालिम आयोजना गरेको हो । DSCN5645तालिमबाट बैंकमा काम गर्ने कर्मचारीहरुले  भोग्दै आएका व्यहारिक समस्याको समाधान गर्ने उद्देश्य राखिएको छ । बैंंकिङ क्षेत्र अन्य क्षेत्र अन्य क्षेत्रभन्दा संवेदनशील क्षेत्र भएकोले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकासको लागि यस्तो तालिमले मुख्य भूमिका खेल्ने छ । तालिममा कर्मसियल बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट ३५ जनाभन्दा बढी कर्मचारीहरुले सहभागीता जनाएका छन् । 

DSCN5640बैैंकिङ क्षेत्र तथा देशको आर्थिक अवस्थालाई सुदृढ बनाउने उद्देश्यले पूर्व डेपुटी गर्भनर तथा बैंकरहरुद्धारा स्थापित प्रविष्टि परामर्श तथा सेवा प्रा.लिले देशको बैंकिङ प्रणालीलाई मजवुद र अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने छ । संस्थाका अध्यक्ष तथा पूर्व डेपुटी गर्भनर गोपाल काफ्लले यस्तोे तालिमले बैंकमा काम गर्ने कर्मचारीहरुको क्षमता विकासका साथै विदेशी मुद्रा विनिमयको विषयमा जानकारी प्रदान गर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुका लागि परामर्शको महत्व तथा आवश्यकतालाई मनन गरि यो तालिम आयोजना गरिएको जानकारी काफ्लले गराए । त्यस्तै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा संस्थाका संञ्चालक पर्वत कार्कीले बैंक तथा वित्तीय संस्थाबाट यस्तो तालिमको माग भई आएकोले तालिम आयोजना गरिएको बताए । 

DSCN5641तालिमको पहिलो चरणमा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना रहेका थिए । तालिमको दोश्रो चरणमा नेपाल राष्ट्र बैंकका निर्देशक बमबहादर मिश्र श्रोत व्यक्तिको रुपमा रहनेछन् ।